एकीकृत नेकपा माओवादीको स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले अबको चुनाव पछि नेकपा एमाले र कांग्रेसको अस्तित्व नरहने भन्दै अबको निवाचन पछि एमाआवादी र राप्रपा मात्र रहने दावि गरेका छन । उनले मुलुकमा दुई धार मात्र अस्तित्वमा रहेको भन्दै प्रतिगामी वा अग्रगामी शक्तिबीच भिडन्त हुने बताए।
उनले नेकपा एमाले र काग्रेंस यथास्थिती वादीभएको भन्दै अव हुने चुनाव पछि दुवै पार्टी लोप हुने समेत जिकिर गरे । हेटौंडामा भएको मजदुर दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने नेपालमा कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाल र पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको एकीकृत नेकपा माओवादी मात्र दुई शक्ति मुलुकमा रहेको दाबी गरे ।
उनले कांग्रेस र एमाले उस्तै भएको भन्दै नेपालमा दुवै पर्टीको खासै प्रभाव नहरने भविष्यवाणी गरे। उन्ले भने 'एमालेको अस्तित्व छैन, यो भाइ कांग्रेस हो । अहिले डराएर कांग्रेसँग मिल्न खोजिरहेको छ।'प्रतिगामी वा अग्रगामी दुई शक्तिबाहेक एमाले र कांग्रेस विलिन हुने ठोकुवा गरदै उनले एकीकृत माओवादीको विजय स्पष्ट रहेको बताए।
.jpg)